काठमाडौं । सेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट ब्रेक लागेको छ ।
नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबारको सेयर बजारमा दोस्रोपटक सर्किट ब्रेक लागेर बन्द भएको हो ।
पहिलो सर्किट लागेर सेयर बजार २० मिनेटको लागि बन्द भएको थियो । २० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशत विन्दु बढेर ५ प्रतिशतमा पुगेपछि दोस्रो सर्किट ब्रेक लागेको हो । दोस्रो सर्किट ब्रेकसँगै बजार ४० मिनेटको लागि बन्द भएको छ ।
कारोबार शुरु भएको पहिलो घण्टा ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था रहेको छ
वि.सं.२०८१ असार १८ मंगलवार ११:४७ मा प्रकाशित

























