back
CTIZAN AD

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा नदिने

वि.सं.२०८१ असार १८ मंगलवार

1.2K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै सरकारबाट राजीनामा नदिने भएका छन् । देशको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बसेको नेकपा माओवादी केन्द्र पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने विश्वासको मतका लागि तयार रहने जानकारी दिए ।
‘प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतका लागि तयारी रहने । रातारातको सहमति सहज र स्वभाविक छैन । कसरी भयो किन भयो,’ उनले भने, ‘प्रधानमन्त्रीसँग पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले चारघण्टा कुरा गर्नुभयो । घटना जस्तााको तस्तै भनिदिएको भए हुन्थ्यो ।’

सहमति हो भने जस्ताको तस्तै भन्नुस् भनेर प्रधानमन्त्रीले भनिरहनु भयो । केही भएको छैन हामी मिलेर जाने हो भन्नु भयो ।’
मिलेर जाने भनेर भनिरहेका बेला राति जुन सहमति भयो, त्यो एकातिर एउटा कुरा र अर्कोतिर अर्का कुरा भएको हो भनेर सहजै अनुमान गर्न सकिन्छ सचिव पौडेलले भने ।

बैठकमा प्रधामन्त्रीले संसद फेस गरेर अगाडि बढ्ने निर्णय भएको पनि उनले जानकारी दिए । ‘प्रधानमन्त्रीले संसद फेस गर्ने भन्नु भएको छ हामीले पनि विश्वासको मतका लागि तयारी रहने र अन्य दलहरुसँग पनि छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ ।’ उनले भने ।

एकातिर एउटा सहमति र अर्कोतिर राष्ट्रिय सहमतिको सरकार बनाउ भनेर भन्नु दुई पार्टीको षडयन्त्र भएको पनि सचिव पौडेलले बताए ।
उनले स्थायित्वको खोजी गर्ने नाममा देशलाई अस्थिरतातिर लैजान नहुने समेत बताए ।

 

 

वि.सं.२०८१ असार १८ मंगलवार १२:१५ मा प्रकाशित

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...