back
CTIZAN AD

मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने षड्यन्त्र भएको छ : प्रचण्ड

वि.सं.२०८१ असार १८ मंगलवार

1.3K 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस र एमालेले मुलुकलाई ०४७ कै अवस्थामा धकेल्ने प्रयास गरेको गरेको बताएका छन् । उनले मुलुकलाई पश्चगमनतर्फ धकेल्ने डरलाग्दो षड्यन्त्र काँग्रेस–एमालेले गरे पनि त्यसलाई सशक्त प्रतिवाद गर्ने बताए ।

मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले संविधानलाई नै डिरेल गर्ने गरी काँग्रेस–एमालेले कोसिस गरेको बताए ।

‘भ्रष्टाचारको फाइल खोलेपछि काँग्रेस–एमालेमा त्रास देखियो । जनयुद्धले ल्याएका उपलब्धि, सङ्घीयता, समावेशी सहभागिता, संविधान उल्ट्याएर मुलुकलाई पुरानै अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको छ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पश्चगमनको सशक्त प्रतिवाद गर्नुपर्छ ।’

बैठकमा प्रचण्डले ओलीसँगको भेटमा राजीनामा नदिने बरु आफूले संसद्मा विश्वासको मत फेस गर्ने ती नेताले बताए । सोमबार राति काँग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले पदाधिकारीको आकस्मिक बैठक बोलाएका थिए ।

वि.सं.२०८१ असार १८ मंगलवार १३:११ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...