काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान नौ बजे बैठक बस्न लागेको हो ।
एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको जनाइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको बताइएको छ ।
हालै कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी भएको छ ।
कांग्रेस-एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने जनाउँदै संसदमा विश्वासको मत लिने बताएका छन् ।
वि.सं.२०८१ असार १९ बुधवार ०७:५० मा प्रकाशित






























