back
CTIZAN AD

चालु आर्थिक वर्षामा सवा दुई खर्ब लगानी प्रतिबद्धता

वि.सं.२०८१ असार १९ बुधवार

1K 

shares

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा कुल तीन सय ८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठुला उद्योग, ५० वटा मझौला उद्योग र दुई ८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा दुई खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल ५९ वटा उद्योग दर्तामा आएको हो । यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा बाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र नौ ठुला उद्योग दर्ता भएको विभागको तथ्याङ्क छ ।

प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल तीन सय ५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्र तीन अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो । त्यसको तुलनामा उल्लेख्य वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

वि.सं.२०८१ असार १९ बुधवार १५:२५ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...