back
CTIZAN AD

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

वि.सं.२०८१ असार २० बिहीवार

975 

shares

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो ।

वर्षौँदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि आवागमनमा सहजता हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । उनका अनुसार रु २५ करोड लागत अनुमानसहित यही असार १४ गते बोलपत्र आह्वान गरिएको छ ।

“एसियाली विकास बैंकको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माण प्रक्रिया सुरु भएको हो”, भण्डारीले भने, “पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।”

भिमाद नगरपालिका हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न वडा जाने भिमाद–ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा वर्षायाममा यस भेगका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा विभिन्न योजना सञ्चालन गरिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उनी खनुसार हालसम्म सामुदायिक विकासतर्फ ५३ योजना सम्पन्न भइसकेका छन् भने १२ वटा योजना चालु अवस्थामा रहेका छन् । फाइल फोटो

 

वि.सं.२०८१ असार २० बिहीवार १२:४२ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...