back
CTIZAN AD

पालिकाद्वारा भैँसीपालनमा रमाएका घिमिरेलाई ‘मिल्क एनलाइजर’ मेसिन

वि.सं.२०८१ असार २० बिहीवार

771 

shares

गुल्मी । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले किसानलाई ‘मिल्क एनलाइजर’ (दूधको शुद्धता र गुणस्तर मापन गर्ने) मेसिन प्रदान गरेको छ । केन्द्रले पशुपक्षी तथा मत्स्य प्रविधि प्रदर्शनअन्तर्गत जिल्लाको धुर्कोट गाउँपालिका–५ का व्यावसायिक किसान रवीन्द्र घिमिरेलाई उक्त मेसिन प्रदान गरेको हो ।

काठमाडौँमा स्नाकोत्तर तह अध्ययन पूरा गरेपछि गाउँ फर्केर तीन वर्षदेखि घिमिरे व्यावसायिक रूपमा कृषि कर्ममा लागको छन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौँबाट गाउँ फर्किएको उनले बताए । उनले उन्नत जातका भैँसीपालनबाट दैनिक चार सय लिटर दूध सङ्कलन गरी बिक्री गरिरहेको जानकारी दिए ।

स्थानीय उपभोक्ता, सङ्कलक र उत्पादकलाई थप सहयोग पु¥याउने उद्देश्यले किसानलाई ‘बायोकेमिकल मिल्क एनलाइजर मेसिन’ उपलब्ध गराइएको केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले बताए । उनका अनुसार उक्त मेसिनबाट दूधको शुद्धतासँगै दूधमा पाइने प्रोटिन, लैक्टोज (दूधमा पाइने चिनीको मात्रा), पानीको मात्रा लगायत अन्य तत्व र गुणस्तर मापन गर्न सकिने छ ।

उक्त मेसिनबाट किसानलाई दूधको मूल्य निर्धारण गर्न र गुणस्तर मापन गर्न सजिलो हुने पशु चिकित्सक डा नवीना ढकालले बताए । दूधमा पानी र स्टार्च (माड) लगायत तत्वको मिसावट हुनेभएकाले दूधको गुणस्तर सुनिश्चित गर्न मेसिन उपयोगी हुने उनको भनाइ छ ।

गुल्मीमा हालसम्म पाँच स्थानमा मिल्क एनलाइजर वितरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–८ स्थित बस्नेत डेरी उद्योग, सत्यवती गाउँपालिका–६ स्थित श्रीकृष्ण डेरी पकेट समूह, सत्यवती गाउँपालिका–५ अन्तर्गत सत्यवती दुग्ध उत्पादक सहकारी संस्था र रुरु क्षेत्र गाउँपालिकाको बम्घा दुग्ध उत्पादक सहकारीलाई मिल्क एनलाइजर वितरण गरिएको कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा वार्षिक रूपमा २२ हजार दुई सय ५८ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुने गर्दछ भने बाँकी २० प्रतिशतमात्र बिक्री हुने गरेको पाण्डेयले जानकारी दिए ।

वि.सं.२०८१ असार २० बिहीवार १७:३१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...