back
CTIZAN AD

प्रजिअलाई कार्यक्षेत्र नछाड्न गृहसचिवको निर्देशन

वि.सं.२०८१ असार २१ शुक्रवार

771 

shares

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले स्थानीय तहहरूसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालको जोड दिए । “स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन् । जिल्लामा काम गर्ने सिलसिलामा कुनै कुरामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि हरबखत तयार रहेको उनले बताए । उनले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई सहानुभूतिसहित आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका थिए ।

 

वि.सं.२०८१ असार २१ शुक्रवार ०७:३३ मा प्रकाशित

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...