back
CTIZAN AD

कालीगण्डकी नदी किनारको बाँझो जग्गामा राताम्मे ‘ड्रागन फ्रुट’

वि.सं.२०८१ असार २२ शनिवार

1.7K 

shares

गलकोट (बागलुङ) । कालीगण्डकी नदी किनार खनियाबासस्थित पाँच रोपनी बाँझो जग्गाले मुहार फेरेको छ । दुई वर्षको अन्तरालमा खनियाबासको उक्त बाँझो जग्गामा अहिले राताम्मे ‘ड्रागन फ्रुट’ फलेका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखाका बिमलेश आचार्यले बाँझो जग्गा सदुपयोगका लागि लगाउनु ड्रागन फ्रुटबाट मनग्य आम्दानी गर्न थालेका छन् । दोस्रो चरणको उत्पादन दिइराखेको ड्रागन फ्रुटको माग धान्नै नसक्ने अवस्थामा रहेको आचार्यको भनाइ छ । उनले रामरेखास्थित तीन रोपनी जग्गामा समेत ड्रागन फ्रुटको खेती गरेका छन् । दुई ठाउँ गरेर आठ रोपनी जग्गामा गरिएको खेतीबाट दोस्रो चरणको उत्पादन राम्रो भइरहेको उनले बताए ।

आचार्यले जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा बहुगुणी ड्रागन फ्रुटको खेती थालेका हुन् । “ड्रागन फ्रुटको विषयमा चासो राख्दै जाँदा लोकेन्द्र विष्टको अन्तर्वार्ता हेरेको थिएँ, त्यहाँबाट प्रभावित भएर आठ रोपनीमा ड्रागन फ्रुटको खेती सुरु गरेको हुँ”, उनले भने, “सुरुमा ठूलो लगानी भए पनि फसल भने लामो समयसम्म लिन सकिने रहेछ ।” ड्रागन फ्रुट खेतीमा हालसम्म रु ५० लाख लगानी भइसकेको उनले सुनाए ।

ड्रागन फ्रुटको विरुवा रोपेको दुई वर्षमै दोस्रो चरणको ड्रागन फ्रुट उत्पादन भइरहेको बताउदै पहिलो चरणमा एक सय ५० केजी ड्रागन फ्रुट उत्पादन भएकोमा दोस्रो चरणमा चार सय केजी उत्पादन भएको आचार्यको भनाइ छ । उनले एक याममै रु दुई लाखसम्मको बिक्री भएको बताए ।

रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिकखेती जिल्लामै उदाहरणीय बनेको छ । दुई हजार एक सय ड्रागन फ्रुटका बिरुवा लगाएकामा सबै बिरुवा राम्रोसँग हुर्किएर फल लाग्न थालेपछि आफू हर्षित भएको उनले सुनाए ।

अहिले प्रतिकेजी रु पाँच सयका दरले ड्रागन फ्रुट घरबाटै बिक्री भइरहेको छ । उनले भने, “ड्रागन फ्रुटको खेतीका लागि मल्चिङ प्रविधि र थोपा सिँचाइको व्यवस्था छ ।” उनले प्रतिबिरुवा रु चार सयमा खरिद गरेर लगाइएको जानकारी दिए । उनले छ सय सिमेन्टका पोल र टायर खरिद, जग्गा व्यवस्थापन, तारबार, बिरुवा लागि रु ५० लाखभन्दा बढी लगानी गरेको बताए । यो फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।

file-photo

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:०० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...