back
CTIZAN AD

वर्षा र पहिरोले महाकाली लोकमार्ग बन्द भएपछि यात्रु अलपत्र

वि.सं.२०८१ असार २३ आइतवार

828 

shares

खलङ्गा (दार्चुला) । बिहीबारदेखि लगातार परेको वर्षाका कारण महाकाली लोकमार्गको खलङ्गा-गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । सडक बन्द भएपछि सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । खलङ्गा–गोकुलेश्वर सडकखण्डको पनेबाजदेखि ऐरिछानासम्म ठाउँ ठाउँमा पहिरो खसेको छ ।

पहिराको कारण आइतबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन बाटोमै थन्किएका छन् । दार्चुलाबाट महेन्द्रनगर, धनगढी, काठमाडौँलगायतका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । लोकमार्गमा छोटो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन नसकेका सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए ।

आज बिहानैदेखि सडक डिभिजन कार्यालय पाटनले पहिरो पन्छाउने काम गरिरहेको छ । लगातारको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको उनले बताए । दार्चुलामा चार दिनदेखि पानी परिरहेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०८१ असार २३ आइतवार १०:२६ मा प्रकाशित

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...

जग्गा विवादमा आमाको हत्या

जग्गा विवादमा आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा (बाँके) । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...