back
CTIZAN AD

कविता : नझस्क लिम्पियाधुरा

वि.सं.२०८२ चैत ६ शुक्रवार

957 

shares

हिरा भट्ट “बदमास नम्बर दुई”
पञ्चेश्वर-६,बिजुल,बैतडी

म छेउको पहाडमा विशाल जो गुफा थियो
बिडाल बस्छ सोच्दथेँ हुँडार रूप देखियो
म सिंह मस्त नीदको नियाल्छु धारिला छुरा
नझस्क है नझस्क है नझस्क लिम्पियाधुरा
।१।

म शान्तिको तलाउमा डुबेछु बुद्ध नादले
हुँडारले तलाउको बिथोल्छ शान्ति मादले
बुनेछ जाल पातमा जरा भुलेछ माकुरा
नझस्क है नझस्क है नझस्क लिम्पियाधुरा
।२।

हिरण्यगर्भ बाँड्दथेँ म शैलको जरामुनि
अरण्य दाह रोज्छ ऊ विषाद पिञ्जरा बुनी
सिकार ऊ म सिंहको नतर्स शैल टाकुरा
नझस्क है नझस्क है नझस्क लिम्पियाधुरा
।३।

हुँडारको चियो गरी बनाउनू नयाँ गढी
डडेल्धुरा बझाङ दार्चुला अछाम बैतडी
म आउँला हुँडारको चिथोर्न लुछ्न पाखुरा
नझस्क है नझस्क है नझस्क लिम्पियाधुरा
।४।

म सार्वभौम शक्तिको सुरम्य गीत गाउँला
म आउँला म आउँला अवश्यमेव आउँला
सजाय भोग्न हस्तिनी भुलिन् निषादका कुरा
नझस्क है नझस्क है नझस्क लिम्पियाधुरा
।५।

छन्द : पञ्चचामर
गण : ज – र – ज – र – ज – गु
सङ्केत : ISI – SIS – ISI – SIS – ISI – S

वि.सं.२०८२ चैत ६ शुक्रवार ०९:०६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...