back
CTIZAN AD

एकल कृषि कर्जा सुरक्षण योजनाबारे सुर्खेतमा कार्यशाला सम्पन्न

वि.सं.२०८२ चैत ६ शुक्रवार

795 

shares

सुर्खेत । निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा एकल कृषि कर्जा सुरक्षण योजनासम्बन्धी कार्यशाला सुर्खेतको वीरेन्द्रनगरस्थित होटल स्क्वायरमा सम्पन्न भएको छ।

कार्यशालामा कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका नौ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कृषिमा लगानी वृद्धि तथा सर्वसाधारणको कर्जामा पहुँच विस्तार गर्ने उद्देश्यले “एकल (ऋणीगत) कर्जा सुरक्षण कार्यक्रम” अन्तर्गत नमुना परियोजना सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

निक्षेप तथा कर्जा सुरक्षण कोष, यूएनडीपी र चयन गरिएका स्थानीय तहहरूको संयुक्त लगानीमा छुट्टै कोष स्थापना गरी कृषिसम्बन्धी क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने योजना अघि बढाइएको जनाइएको छ।

परियोजनाका लागि कर्णाली प्रदेशका चन्दननाथ, पातारासी, तातोपानी र वीरेन्द्रनगर, सुदूरपश्चिमका बुढीगंगा, बुढीनन्दा, त्रिवेणी र धनगढी तथा बाग्मती प्रदेशको पाँचखाल नगरपालिका छनोट भएका छन्।

कार्यक्रममा सहभागीहरूले परियोजनाबारे जिज्ञासा राख्नुका साथै सुझावहरू समेत प्रस्तुत गरेका थिए। प्राप्त सुझावका आधारमा परियोजनालाई अन्तिम रूप दिइने निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए।

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:२५ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...