back
CTIZAN AD

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार

वि.सं.२०८२ चैत ६ शुक्रवार

564 

shares

काठमाडौं । नेपाल टेलिकम को प्रिपेड मोबाइल प्रयोगकर्ताले अब विश्वका ६२ देशमा रोमिङ सेवा प्रयोग गर्न सक्ने भएका छन्। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि सेवा विस्तार गरिएको हो।

चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका सेवा प्रदायकहरूसँग नयाँ सम्झौता भएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा समेत थप सेवा प्रदायकसँग सहकार्य विस्तार गरिएको कम्पनीले जनाएको छ।

यसअघि पनि अष्ट्रेलिया, क्यानडा, चीन, भारत, जापान, यूएई, युके, यूएसए लगायतका विभिन्न देशमा नेपाल टेलिकमको रोमिङ सेवा उपलब्ध थियो। हाल यो सेवा विश्वका विभिन्न प्रमुख गन्तव्यहरूमा विस्तार भइसकेको छ।

रोमिङ सेवा अन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। कम्पनीका अनुसार आगामी दिनमा थप देशहरूमा समेत सेवा विस्तार गर्ने योजना रहेको छ।

विदेश जाने वा बस्ने नेपालीहरूलाई लक्षित गर्दै प्रदान गरिएको यो सेवा निकै उपयोगी रहेको कम्पनीले जनाएको छ। प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सक्रिय हुने व्यवस्था गरिएको छ भने भारतका लागि भने मोबाइलबाट विशेष कोड डायल गरी सेवा सक्रिय गर्नुपर्ने हुन्छ।

पोस्टपेड प्रयोगकर्ताका हकमा भने सेवा प्रयोग गर्न न्यूनतम पाँच हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने जनाइएको छ। विदेशमा रहँदा पनि इमेलमार्फत आवश्यक प्रक्रिया पूरा गरी रोमिङ सेवा सक्रिय गर्न सकिने सुविधा उपलब्ध छ।

रोमिङ सेवासम्बन्धी थप जानकारी वा गुनासोका लागि कम्पनीले इमेलमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

 

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:२८ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...