back
CTIZAN AD

कविता : नारी

वि.सं.२०८२ चैत ६ शुक्रवार

849 

shares

इन्दिरा प्रयास, काठमाडौँ

हुन् सृष्टि कर्ता जननी वसुन्धरा
चम्पा चमेलीसरि छिन् हराभरा
दुख्छिन् कुनामा अवला निरन्तर
नारीविनाकाे घर हुन्न सुन्दर ।।

आकाश जस्तै सुकिलाे सुभावना
गर्छिन् सबैमा मनले उपासना
सासू बुहारी ममता रहुन् घर
नारीविनाकाे घर हुन्न सुन्दर ।।

भान्सा उज्यालो रहने सबैतिर
मिष्ठान्न पाक्छन् रसिला चुलानिर
देवी यिनै हुन् किन खाेज्नु मन्दिर
नारीविनाकाे घर हुन्न सुन्दर ।।

सन्तान भन्दै सहने यहाँ मुमा
लुट्छन् लुटेरा कलिला टुनामुना
जन्मिन्छ छाेराे जन ठान्छ उर्वर
नारीविनाकाे घर हुन्न सुन्दर ।।

नारा लगाए अधिकार खातिर
फेरिन्छ सत्ता घरबार आखिर
हुन् शक्ति नारी मनले पुजा गर
नारीविनाकाे घर हुन्न सुन्दर ।।

छन्द : इन्दवंशा
५ अक्षर पछि विश्राम
गण : त – त – ज – र
सङ्केत : SSI – SSI – ISI – SIS
उज्यालो छन्दशालामा रहेको पुरानो सृजना ।

वि.सं.२०८२ चैत ६ शुक्रवार ०९:०४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...