back
CTIZAN AD

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

वि.सं.२०८१ असार २४ सोमवार

996 

shares

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् ।

पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ ।

चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन ।

यसअघि आइतबार घरभित्र बाढी पस्दा डुबेर कृष्णपुर नगरपालिका–१ पहरियामा सात महिनाको सोनु धानुकको मृत्यु भएको थियो भने बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका थिए । रासस/ फाईल फोटो

 

वि.सं.२०८१ असार २४ सोमवार १५:४४ मा प्रकाशित

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...