back
CTIZAN AD

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस

वि.सं.२०८१ असार २५ मंगलवार

918 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरिएको छ ।

रास्वपाको अनुशासन आयोगले निलम्बित ढकालको विरुद्धमा यस्तो निर्णय गरेको हो । रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो ।

थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो । सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।

वि.सं.२०८१ असार २५ मंगलवार १०:५७ मा प्रकाशित