back
CTIZAN AD

भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रम

वि.सं.२०८१ असार ३० आइतवार

1.3K 

shares
शालिकराम आर्चाय, ओमान । भानु जयन्तीको अवसरमा ओमानमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
२११ औं भानु जयन्तीको अवसरमा नेपाली राजदूतावास, मस्कटले नेपाली सोसल क्लब ओमान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमानको सहकार्यमा यहि असार २८ गते तद्नुसार १२ जुलाईका दिन नेपाल हाउसमा श्रम सचेतना तथा साहित्य कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममार्फत नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती अर्थात भानुजयन्ती मनाउने, नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने र साहित्यिक प्रस्तुतिको माध्यमबाट श्रम चेतना सम्बन्धी जानकारी प्रवाह गर्ने कार्य सम्पन्न गरिएको थियो ।
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालद्वारा पानसमा दिप प्रज्वलन गरिएको कार्यक्रममा राजदूत अर्यालले स्वागत मन्तव्य दिँदै नेपालका प्रथम कवि अर्थात आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
 राजदूत अर्यालले मानव जीवनमा साहित्यको महत्व र विभिन्न विषयमा चेतना जगाउन साहित्यिक कृतिले कसरी सहयोग गर्न सक्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।
राजदूत अर्यालले दूतावासले विभिन्न संघ–संस्थासँग सहकार्य आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्दै जाने समेत बताए ।
 दूतावासको द्वितीय सचिव बिशेष कुमार साहले पुनःश्रम स्वीकृति, अनलाइन पोर्र्टलबाट मागपत्र प्रमाणाीकरण लगायत श्रम सचेतनासँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा प्रस्तुतिकरण गरेका थिए ।
 कार्यक्रममा विकल झा, कृष्ण भुसाल प्यासी र नेपाली समुदायका अन्य सदस्यहरूले श्रम चेतना र मातृभूमिबाट टाढा रहँदा बखत जीवन र जीविकोपार्जन बुझ्न साहित्यको महत्त्वबारे आफ्नो विचार राखेका थिए । कार्यक्रममा २१ जना सहभागीहरूले कविता,  गजल र अन्य नेपाली साहित्यिक कृतिहरू वाचन गरेका थिए।
बिशेष कुमार साह र तोलकान्त भट्टराईको संयुक्त संचालन रहेको उक्त कार्यक्रममा यहाँस्थित विभिन्न नेपाली संघसंस्थाको स्वयंसेवकको भूमिका रहेको थियो ।

वि.सं.२०८१ असार ३० आइतवार १३:०१ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...