back
CTIZAN AD

सिमलताल दुर्घटनाको खोजीकार्य तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८१ असार ३० आइतवार

954 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन वटा सुरक्षा अङ्गका प्रमुखलाई सिमलताल बस दुर्घटनापछिको खोजी कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन् ।

आफ्नो निजी निवास खुमलटारमा भेटेर प्रचण्डले पछिल्लो अवस्थाको जानकारी लिँदै सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै देशको राजनैतिक परिस्थिति जे जस्तो भएता पनि देशको स्थायी सरकारको रूपमा रहेका कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न रुपमा जनताको सेवामा लागि पर्न आग्रह गरेका छन् ।

 

वि.सं.२०८१ असार ३० आइतवार १३:२२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...