back
CTIZAN AD

ओली नेतृत्वको मन्त्रिपरिषद् हेर्नुहाेस् (सूचीसहित)

वि.सं.२०८१ असार ३१ सोमवार

828 

shares

काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् ।

प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

ओली नेतृत्वको सरकारमा काङ्ग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।

प्रमुख सत्ता साझेदार काँग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।

प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय

विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय

पृथ्वी सुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

रमेश लेखक – गृह मन्त्रालय

शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

आरजु राणा – परराष्ट्र मन्त्रालय

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय

प्रदीप यादव – खानेपानी मन्त्रालय

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

मानवीर राई – रक्षा मन्त्रालय

दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय

वि.सं.२०८१ असार ३१ सोमवार १४:१२ मा प्रकाशित

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

काठमाडौँ । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले...

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

सुदन किरातीद्वारा प्रलोपा परित्याग, नयाँ यात्राको घोषणा

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराती...

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

दुर्गा प्रसाईँविरूद्ध जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । मेडिकल व्यवसायी तथा दुर्गा प्रसाद प्रसाईँविरुद्ध काठमाडौं जिल्ला...

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...