back
CTIZAN AD

फेरि थालियो न्युरोडमा फुटपाथ विस्तारको काम 

वि.सं.२०८१ साउन २ बुधवार

1.9K 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेको छ । यसअघि रघुवीर महासेठ भौतिक पुर्वधार मन्त्री हुँदा काठमाडौँ महानगरपालिकाले थालेको फुटपाथ विस्तारको काम रोकिएको थियो ।

उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवार देखी पुनः काम सुरु गरेको हो । महासेठ भौतिक पुर्वधार मन्त्री हुँदा काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौँ महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न भनेपछि महानगरपालिकाले काम थालेको हो । अहिले धमाधम सडक खन्ने काम भइरहेको छ ।

यसअघि सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन लागिएको विरोधमा स्थानीयले प्रदर्शन गरेका थिए । यो विषयलाई लिएर नगरसभामा पनि जनप्रतिनिधिबिच चर्काचर्की भएको थियो ।

 

वि.सं.२०८१ साउन २ बुधवार १०:५३ मा प्रकाशित

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...