back
CTIZAN AD

सुगम राईको बङ्गुरपालनबाट लोभलाग्दो आम्दानी, वार्षिक १५ लाखसम्मको कारोबार

वि.सं.२०८१ साउन ३ बिहीवार

912 

shares

भोजपुर । यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुन् । उनी व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुटेका छन् ।

उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् ।

बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।

भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए । विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए । “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन् । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उनले बताए । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उनले भने, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनकोे धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।

 

वि.सं.२०८१ साउन ३ बिहीवार १२:०६ मा प्रकाशित

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

चीनबाट प्राप्त ४ ठूला ड्रोनको परीक्षण सम्पन्न, आज रसुवा पठाइँदै

काठमाडौं । चीन सरकारले नेपाललाई उद्धार तथा राहत कार्यमा प्रयोग...

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढी अपडेट : १ हजार २ सय ५२ जनाको शब भेटियो, ४ हजार बढी अझै सम्पर्कविहीन

भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट १ हजार २५२...

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम

काठमाडौँ । भोटेकोशी र त्रिशूलीमा आज पनि आकस्मिक बाढीको जोखिम...

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न ‘हेल्प डेस्क’

काठमाडौँ । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका...

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...