back
CTIZAN AD

प्रभु बैंक र नेपाल यातायातबीच डिजिटल भुक्तानी प्रणालीमा सहकार्य

वि.सं.२०८१ साउन ३ बिहीवार

915 

shares

पोखरा । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि.बिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ ।
बैंकका अनुसार ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट-वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आवद्ध गराउन प्रभु बैंक र एवन ग्रेटरबीच बुधवार एक सम्झौता भएको हो ।

उक्त सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुखव्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटरको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहरुसँग रहेको प्रभु बैंक लि.द्घारा उपलब्ध गराईएको क्युआर मार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

व्यवसायमा आबद्घ २०० भन्दा बढी ट्याक्सीचालकहरुका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरु उपलब्ध गराईने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

पर्यटकीय राजधानीपोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

 

 

वि.सं.२०८१ साउन ३ बिहीवार १२:०८ मा प्रकाशित

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...