back
CTIZAN AD

पिपरामा  ट्याक्टर दुर्घटना हुँदा २७ जना घाइते

वि.सं.२०८१ साउन ४ शुक्रवार

828 

shares

जलेश्वर । महोत्तरीको पिपरामा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिमको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न उनीहरू ट्र्याक्टरमा त्यसतर्फ गइरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहिवार दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका-६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्र्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका क्रममा जलेश्वर नपा-९ स्थित परिकौली चौक नजिकै ट्याक्टर दुर्घटना भएको थियो ।

चालकले तीव्र गतिमा ट्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको छ । घटनापश्चात् चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
रासस

वि.सं.२०८१ साउन ४ शुक्रवार ०६:४८ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...