back
CTIZAN AD

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

वि.सं.२०८१ साउन ४ शुक्रवार

1K 

shares

दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । अध्यक्ष थापाले भने, “साँझको बेला घर नजिकैबाट चितुवाले आक्रमण गरेर लगेछ, थाहा पाउने बित्तिकै जाँदा बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।” मृतक बालकको शव अस्पतालमा राखिएको छ ।

सो वडाका अध्यक्ष ध्रुवप्रसाद लामिछानेले साँझका बेला घरबाहिर ननिस्कन तथा बालबालिकालाई एक्लै नछाड्न आग्रह गरेका छन् ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन ४ शुक्रवार ०७:१० मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...