back
CTIZAN AD

उपसभामुख काण्ड: किन रोइस् मङ्गले आफ्नै ढङ्गले

वि.सं.२०८१ साउन ४ शुक्रवार

1.4K 

shares

काठमाडौँ । नेपालीमा एउटा भनाई छ, ‘किन रोइस् मङ्गले आफ्नै ढङ्गले’ । हाल यो भनाई उपसभामुख इन्दिरा रानासँग ठ्याक्के मेल खान्छ । उपसभामुख इन्दिरा राना आफैले १७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण रुनु न हाँस्नुको स्थितिमा पुगेकी छन् ।

उनले पार्टी र संसद् सचिवालयसँग सम्बन्धित नभएका व्यक्तिहरूलाई भिसाको लागि अन्तर्वार्ताको मिति नजिक पारिदिन दूतावासलाई पत्र लेखेकी थिइन् । पत्र सार्वजनिक भएपछि पार्टी भित्र, संसद् र सामाजिक सञ्जालमा उपसभामुख रानाको आलोचना हुन थालेको छ । सर्वत्र आलोचना हुने र राजीनामा समेत माग्न थालिएपछि उनी अहिले तनावमा छन् ।

युएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन उपसभामुख राना २०७९ फागुनमा अमेरिका गएकी थिइन् । उनले आफ्नै लेटर हेड प्रयोग गरेको पत्रमार्फत आफ्नो टोलीको सदस्य भन्दै पाँच जनाको अन्तर्वार्ताको समय नजिक सारिदिन काठमाडौँमा रहेको अमेरिकी दूतावाससँग आग्रह गरेकी थिइन् । विभिन्न सञ्चार माध्यमहरूमा उक्त पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।

उपसभामुख आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनबहादुर गुरुङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन दूतावासलाई पत्र लेखेकी थिइन् ।

उनले आफू बाहेक पाँचको भूमिका र विवरण पत्रमा खुलाएकी थिइनन् । पत्रमा नाम उल्लेखित मानिसहरूले अन्तर्वार्ताको डेट पाउन सकेनन् । तर, उपसभामुख राना भने एक्लै अमेरिका गएर फर्केकी थिइन् ।

पत्रप्रति सभामुखको ध्यानाकर्षण

उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण भएको छ । सभामुख घिमिरेले बिहीबार संसद्लाई प्रभावकारी बनाउने विषय भएकाले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले यो विषयलाई गम्भीरताका पूर्वक हेरेको र छानबिन हुनुपर्नेमा जोड दिएका छन् । सभामुख घिमिरेले उपसभामुख रानासँग पत्रको बारेमा प्रश्न गरेका थिए । जवाफमा रानाले आफूले पत्र नलखेको दाबी गरेकी थिइन् ।

पछि हस्ताक्षर दुरुपयोग भएको हो भने किर्तेमा जान र पत्र गलत भए सार्वजनिक गर्ने विरुद्ध कारबाहीमा जान दबाब बढेपछि उपसभामुखले पत्र लेखेको विषय स्वीकार गरेकी छन् ।

रास्वपाले गर्‍यो सोधपुछ

विवादमा तानिएकी उपसभामुख इन्दिरा रानासँग राष्ट्रिय स्वतन्त्र पाटीले दूतावासलाई लेखेको पत्रका सन्दर्भमा सोधपुछ गरेको छ । पार्टीका उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग सोधपुछ गरेका हुन् ।

उनले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए । भिसाका लागि नभएर अन्तर्वार्ताको डेटका लागि मात्र सिफारिस गरिएको हुँदा यो त्यति ठुलो विषय नभएको उपसभापति अर्यालको भनाइ छ । उनले उपसभामुखसँग सोधपुछ र छलफल जारी राखेको बताए ।

नियत बस गरेको होइन : उपसभामुख

अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गर्दै उपसभामुख रानाले गलत नियतले पत्र नलेखेको बताएकी छन् । यो कार्यमा कुनै आर्थिक लेनदेन समेत नभएको उनको तर्क छ ।

उपसभामुख रानाले एक वर्ष पछाडि यो विषय उठ्नुमा आश्चर्यमा परेको बताएकी छन् । उनले रास्वपा झापाका नेता उपेन्द्र गौतमले भने अनुसार भिसाका लागि नभएर अन्तरवार्ताको मितिका सन्दर्भमा पत्र लेखेको बताइन् ।

रानाले उपसभामुखको भूमिकामा राम्रै काम गरेको भन्दै राजनीतिक सङ्कटको बेला डेढ वर्ष अघिको विषय उठाइनुले आफू आश्चर्यमा परेको बताइन् ।

वि.सं.२०८१ साउन ४ शुक्रवार १६:०५ मा प्रकाशित

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...