काठमाडौँ । गएको आर्थिक वर्षमा पनि नेपालको वैदेशिक व्यापार घाटा सुधार हुन सकेन । आर्थिक वर्ष २०८०/८१ मा नेपालले खर्बौँ व्यापार घाटा बेहोर्नु परेको छ । यो आर्थिक वर्षमा १४ खर्ब ४० अर्ब रुपैयाँ वैदेशिक व्यापार घाटा सहनु परेको छ ।
आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झन्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको थियो भने एक खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको थियो । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।
वि.सं.२०८१ साउन ७ सोमवार १७:१६ मा प्रकाशित






























