
शालिकराम आचार्य, मस्कट,ओमान । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानद्धारा आयोजीत भुमरी उपन्यास चर्चा परिचर्चा कार्यक्रममा ओमानमा लामो समय देखि कलाकारीता तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउँदै आएका बिभिन्न कलाकार तथा साहित्यकारहरुलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानले सम्मान गरेको छ ।
दिल प्रसाद पौड्यालको अदध्यतामा सम्पन्न सो कार्यक्रममा नेपाली राजदुताबासका कार्यबाहक राजदुत रोजिना ताम्राकार प्रमुख अतिथी रहनु भएको थियो भने कार्यक्रम समाजका महासचिब शुशिल पुन बिरहीले सन्चालन गर्नु भएको थियो । ज्ञात अज्ञात श्रष्टाहरुप्रति एक मिनेटको मौनधारणा पश्चात राष्ट्रिय गान गाई अगाडी बढेको कार्यक्रमा स्वागत मन्तब्य नवनिर्वाचित सचिब कृण्ण भुषाल प्यासीले गर्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै,गैर आवासीय नेपाली संघ मध्यपूर्व संयोजक डिबी क्षेत्री, गैर आवासिय नेपाली संघ ओमानका अदध्य दिपक श्रेष्ठ जनप्रगतिशिल मन्चका अध्यक्ष पदम प्रसाद अर्याल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, नेपाली समाज ओमानका किरण राई, जनसम्पर्क समिती ओमानका अदध्य फर्सुराम पोखरेल, प्रवासी नेपाली मन्च ओमानका रामहरि गिरी, गजलकार सोमकृष्ण श्रेष्ठ, ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, पत्रकार शालिकराम आचार्य, समाज सेवी तोलाकान्त भट्टराईले भुमरी उपन्यासको चर्चा परीचर्चा गर्दै बधाई तथा शुभकामना दिएका थिए भने अन्तराष्ट्रिय नेपाली साहित्य समाज ओमानले स्थानिय कलाकार तथा साहित्यकारहरुलाई सम्मान गर्ने कार्यक्रम बाताबरण मिलाएर उत्कृष्ट कार्य गरेको बताउनु भएको थियो ।
जनसम्पर्क समिती ओमानका अदध्य फर्सुराम पोखरेलले कबिता मार्फत भुमरी उपन्यासको राम्रो संग चर्चा गर्नु भएको थियो । सोहि कार्यक्रममा पत्रकार शालिकराम आचार्य तथा जि बि लामा पनि सम्मानित हुनु भएको थियो तथा वसन्त नेपाल, दिल प्रसाद पौडेल, सुशील पुन बिरही, सोमकृष्ण श्रेष्ठ, योगेश बानु राई, रञ्जित आचार्य, लक्ष्मी निर्मल कोइराला, किरण राई, इन्दिरा गुरुङ, अनुप पाण्डे, दिपिका श्रेष्ठ, हिमलाल पौडेल, मुना नेपाल श्रेष्ठ, नानू गुरुङ, प्रकाश राणा, यामु आले, सन्देश राई, नारायण ज्ञवाली, गिता लिम्बू, कुमारी तितुङ, मनु सुनुवार, खेम खड्काथोकि, चेतन मगर, सेवन्त पुर्जा पुन, सँगम थापा, बेदनिधि आचार्य, जयकुमारी थापा, मनोज गुरुङ, जेनि राइ, रोजि तामाङ, उमेश घिसिङ, राज ठकुरी, दिल रोका, तुला गिरि, तोलाकान्त भटराई, कृष्ण भुषाल प्यासी, मनिषा गुरुङ्ग लगाएतका कलाकार तथा श्रष्टाहरु सम्मानित भएका थिय सबै कलाकार साहित्यकारहरुलाई नेपाली राजदुताबास ओमानका कार्यबाहक राजदुत रोजिना ताम्राकारद्धारा सम्मान पत्र प्रदान गरीएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्नु हुदै ताम्राकारले प्रबासमा रहेर पनि कामको अलवा धेरै मिहिनेतका साथ समय दिएर चेतनामुलक बियोगान्त भुमरी उपन्यास रचना गर्ने बसन्त नेपाललाई बधाई दिनु भएको थियो । उलेख्य सहभागिता रहको कार्यक्रममा बिभिन्न साहित्यक खुराखहरु पनि प्रस्तुत गरीएको थियो । अन्तराष्ट्रिय नेपाली समाज ओमानले आगामी दिनमा पनि यस्ता धेरै कार्यक्रम गर्दै नेपाली भाषा, साहित्य र कलाकारीताको बिकासमा योगदान निरन्तर पुर्याउने बताउँदै सबैलाई आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
वि.सं.२०७४ जेठ २ मंगलवार ०८:११ मा प्रकाशित