back
CTIZAN AD

डोल्पामा पिउने पानीको चरम अभाव, महँगोे पानी किनेर खान बाध्य सर्वसाधारण 

वि.सं.२०८१ साउन ९ बुधवार

1K 

shares
डोल्पा ।  नदीनाला र मुलको प्रमुख स्रोत भएको जिल्लामै पिउने पानीको अभाव हुन थालेको छ । हिउँदमा बाढी, पहिरो र बर्खामा मुहान सुकेर हिमाली क्षेत्रमै पिउने पानीको अभाव हुन थालेको हो । यतिबेला हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनैमा पिउने पानीको चरम समस्या भएको छ । वर्षायाम सुरु भएसँगै ठूलीभेरी नगरपालिका–३ मा पर्ने दुनैमा पिउने पानीको समस्या भएको हो । यद्यपी यहाँको यो समस्या मौसमी भने होइन ।
प्रत्येक वर्ष दुनै बजारवासीले पिउने पानीको समस्या भोग्दै आएका छन् । हिउँद र बर्खा दुवै समय बजारवासीलाई पिउने पानीकै पिरलो हुने गर्दछ । प्रत्येक महिनामा कहिलेकाहीँ त एक हप्तासम्म पनि धारामा पानी नआउने गरेको दुनैवासीको गुनासो छ । बर्खाको समयमा बाढी र पहिराले कहिलेकाहीँ हप्ता दिनसम्म पनि धारामा पानी नआउने गरेको होटेल व्यवसायी वीरमलकुमार भण्डारीले बताए । “दुनैमा दिनप्रतिदिन सर्वसाधारणको चाप बडिरहेको छ, वर्षांैदेखि कायमै रहेको पिउने पानीको समस्यामा सुधार हुन सकेको छैन”, भण्डारीले  भने ।
बर्सेनि पानीको मुहान मर्मतका नाममा दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ रकम आउँछ, स्थानीयदेखि सङ्घीय जनप्रतिनिधिको नारा पनि दुनैमा पानीको समस्या समाधान गर्ने हुन्छ तर जीतसँगै सबै वाचा बिलाएर जान्छन् । “तीन दिनअघि मात्र जिल्ला प्रशासन, खानेपानी कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखलाई समेत पिउने पानीको समस्याबारे ध्यानाकर्षण गराएका छौँ, स्थानीयले वर्षौंदेखि समस्या भोगिरहेका समस्या समाधान गर्नेतर्फ कसैको ध्यान गएको छैन”, उनले थपे । दुनैमा पानी नभएपछि जुफालबाट जीपमा पानी मगाएर प्रयोग गर्न बाध्य भएको उनले बताए ।
धारामा पानी एक दिन बिराएर आउने र आए पनि पिउनै नमिल्ने धमिलो पानी आउन थालेपछि यहाँका व्यापारीले नेपालगञ्जबाट लाखौँ मूल्य बराबरको बोतलको पानी आयात गर्न थालेका छन् ।
एक वर्षयता दुनैमा पनि ‘मिनिरल वाटर’ को माग बढ्न थालेको यहाँका व्यापारीले जानकारी दिए । दुनैमा पिउने पानीका चरम समस्या भएपछि सर्वसाधारण र कर्मचारी बजारको पानी किनेर खान बाध्य भएका छन् । धारामा पानी कहिले आउने र कहिले नआउने भएपछि ५० रुपैयाँसम्म मूल्य तिरेर मिनिरल वाटर किनेर जीवन धान्न बाध्य भएको सङ्घीय सरकार मातहतको एक कार्यालयका प्रमुखले बताए । “धारामा पानी आउँदैन, एक दुई घण्टा आए पनि लेदो र चुनायुक्त पिउन नमिल्ने पानी आउँछ, बर्खा सुरु भएपछि कहिलेकाहीँ त्यहीँ पानी पनि आउँदैन, कतिञ्जेल ५० रुपैयाँ तीरेर बोत्तलको पानी किनेर खाने ? उनले प्रश्न गरे ।
यता जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायले दुनै खानेपानी उपभोक्ता समितिमा सधैँ करोडौँ बजेट बिनियोजन हुने गरे पनि धारामा पानी नआउने गरेको बताउनुभयो । “बर्सेनि लाखौँ बजेट विभिन्न शीर्षकमा समितिमा आउँछ, उक्त बजेटको उपलब्धि भने देखिँदैन, दुनैले सधैँ खानेपानीको समस्या भोग्नुपरेको छ, म प्रमुख मात्र होइन उपभोक्ता पनि हुँ, पिउने पानीको समस्याले आजित भएको छु”, रोकायले  भने, “जिल्लामा पिउने पानीलाई नियमित गराउन जनशक्ति परिचालन गरिनुपर्छ, समितिका पदाधिकारीले अनुगमन गर्ने हो, आफैँ दौडिएर हुँदैन, यस विषयमा वडा सरकार पनि चनाखो हुनुपर्ने हो तर कुनै चासो छैन ।” पानी पिउन पाउनु जनताका आधारभूत आवश्यकता भएकाले धारामा नियमित पानी आउनुपर्ने  उनको भनाई छ ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले प्रत्येक वर्ष पानीको समस्या विकराल हुँदै गएको बताए । उनले भने, “पानीको समस्या बढ्दै जान थालेपछि सदरमुकामवासीले स्वच्छ, सफा र नियमित पानी पिउन पाएका छैनन्, धारा छन् पानी आउँदैन, आए पनि पिउन अयोग्य आउँछ ।”
दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबीकिशोर गुरुङले समिति र समितिका पदाधिकारीलाई राजनीतिक पूर्वाग्रहीका रूपमा हेरिएको बताए । “तिप्ला खोलामा आएको बाढीले करिब एक साता पानी रोकिएको साँचो हो, अहिले बाहिर हल्ला गरेजस्तै छैन, पानी आइरहेको छ, अझै सुधार गर्नेतर्फ लागिरहेका छौँ”, उनले भने, “म दुई कार्यकालदेखि अध्यक्ष छु, तीन चार वर्षको अवधिमा तीन चार करोड रकम समितिमा आयो होला, तर त्यसको १० प्रतिशत पनि काम गर्न पाएका छैनौँ, कहिले फ्रिज जान्छ, धेरैजसो ठेक्का खुलाइन्छ, कहिले अवरोध हुन्छ ।”
यस वर्ष खानेपानी कार्यालयबाट रु २० लाख बजेट प्राप्त भएको थियो । “उक्त बजेटबाट पाइपलान बिस्तारलगायत काम भयो, तर ठेक्का खुलाइएको रु ५५ लाखबाट सन्तोषजनक काम भएन, कार्यालयले कसरी काम गरायो कसरी भुक्तानी भयो त्यो कार्यालयले नै जानोस्”, गुरुङले  भने ।
दुनैमा अहिले सालीखोला र पाल्चेखोला गरेर दुइवटा पानीको मुहान प्रयोगमा आइरहेको छ । दुनैमा खानेपानी नियमित नआउने र आए पनि फोहर पानी आउन थालेपछि जिल्ला अस्पतालमा झाडापखालाका बिरामी बढेको डा अखण्ड उपाध्यायले बताए । नगरपालिकाका जनप्रतिनिधिले पहुँचका भरमा आ–आफ्नो ठाउँमा आयोजना लागू गर्न खोज्दा दुनैमा दिन प्रतिदिन खानेपानीको समस्या बढ्न थालेको दुनैका स्थानीयको गुनासो छ । दिगो खानेपानी तथा सरसफाइ आयोजना लागू भएको दुई वर्ष बित्न लाग्दा पनि दुनैमा भइरहेको पिउनेपानीको समस्याप्रति नगरपालिका, जनप्रतिनिधि र आयोजनाका कर्मचारीले बेवास्ता गरेको स्थानीय बासिन्दाको गुनासो छ । file-photo

वि.सं.२०८१ साउन ९ बुधवार ०८:२८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...