काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ । रास्वपा केन्द्रीय समितिको बैठकले विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको छ । अर्याल अभियान विभागका प्रमुख हुन् ।
आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको रास्वपा स्रोतले बताएको छ । बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।
समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ ।
वि.सं.२०८१ साउन १० बिहीवार १६:२० मा प्रकाशित


























