back
CTIZAN AD

विपन्न महिलालाई जीविकोपार्जनमा सघाउन बङ्गुरका पाठापाठी वितरण

वि.सं.२०८१ साउन १३ आइतवार

891 

shares

गोदावरी (कैलाली) । कैलालीका कृषि सहकारी समूहमा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ ।

कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । जिल्लामा सञ्चालित २३ वटा कृषि सहकारी संस्थामा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई एक-एकवटाका दरले पाठापाठी वितरण गरिएको हो ।

विपन्न लक्षित वर्ग कार्यक्रमअन्तर्गत दलित, एकल महिला, मुक्तकम्लरी, कमैया, हलियाको जीविकोपार्जनमा सुधार गर्न आर्थिक वर्ष २०८०/८१ मा पाँच सय ४८ वटा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले बताए । कृषि सहकारीमा आबद्ध विपन्न महिलालाई छनोट गरी शतप्रतिशत अनुदानमा पाठा वितरण गरिएको उनले जानकारी दिए ।

बङ्गुरका पाठापाठी वितरणले विपन्न वर्गको जीविकोपार्जनमा सुधार आउनुका साथै व्यावसायिक उत्पादनमा सहयोग पुग्ने सूचना अधिकारी कठायतले बताए । विपन्न महिलालाई व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित गर्न पाठापाठीसँगै तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराइएको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८/८१ मा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै केन्द्रले जिल्ला दरअनुसार प्रतिबङ्गुरको पाठी रु पाँच हजार पाँच सय १२ र पाठो रु छ हजार ६३ का दरले खरिद गरी वितरण गरिएको बताएको छ । आव २०७७-७८ मा एक सय ७०, २०७८/७९ मा छ सय ५८ र २०७९/८० मा सात सय ९८ वटा बङ्गुरका व्यावसायिक फर्म कैलालीमा दर्ता भएका केन्द्रले जनाएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन १३ आइतवार ११:०८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...