back
CTIZAN AD

किसानलाई सहज हुनेगरी आयोजना अगाडि बढाउनुपर्छ : उर्जामन्त्री

वि.सं.२०८१ साउन १४ सोमवार

993 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए ।

“छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छ”, उनले भने । मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए ।

सुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए ।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए ।

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी रु तीनमा उपभोग गर्न पाउनेछन् । आयोजनाका लागि ७८ प्रतिशत एशियाली विकास बैँक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ ।

वि.सं.२०८१ साउन १४ सोमवार १३:२९ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...