back
CTIZAN AD

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

वि.सं.२०८१ साउन १५ मंगलवार

801 

shares

कैलाली । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छिन् । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएकी छैनन् । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेकी हुन् । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उनले उद्यम सुरु गरेका हुन् र उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनकोे परिवार छ ।

“व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ” उनले भनिन, “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ”।

सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उनले सुनाईन् । यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनिले बताईन् । उनले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएकी छिन् ।

“धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवतजावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन”, चौधरीले भनिन् । उनले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आएकी छिन् ।

बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको उनिले सुनार्एन् । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनिले बताईन् ।

वि.सं.२०८१ साउन १५ मंगलवार १३:१५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...