back
CTIZAN AD

बाढीको जोखिममा सदरमुकामका ४५ घर

वि.सं.२०८१ साउन १६ बुधवार

978 

shares

पर्वत । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन ।

कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका-४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पु¥याएको हो भने अन्य घर जोखिममा परेका हुन् ।

समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए । स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन् । बाढीले हरेक घरका आँगन, पिँढी र कोठा ढुङ्गामाटोले पुरिएका छन् ।

तत्काल ढुङ्गामाटो नहटाउने हो भने फेरि पर्ने वर्षाले घर जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताए । बाढीका कारण भू–तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ । लेदोसहितको बाढीले कार्यालयको प्राङ्गण पूरै पुरिएको छ भने घेराबार र सडकमा समेत क्षति पुगेको छ । कार्यालयमा जाने सडकसमेत गएरातिदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिए । त्यसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ ।

यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ । गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो । ठूलो मात्रामा थुप्रिएको ढुङ्गामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहको र अहिले एकतर्फी रुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिए ।

कुश्मा-३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो । बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिङ्गो बस्ती नै त्रसित बनेको छ । कुश्मा-४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताए । बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए ।

यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताए । नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।

उनले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताए । उनका अनुसार जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८१ साउन १६ बुधवार १५:४० मा प्रकाशित

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...