back
CTIZAN AD

संसदीय समितिद्वारा वैद्यखाना विकास समितिको अनुगमन

वि.सं.२०८१ साउन १६ बुधवार

714 

shares

काठमाडौँ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज ‘सिंहदरबार वैद्यखाना विकास समिति’ को स्थलगत अनुगमन गरेको छ । समितिका सभापति मायाप्रसाद शर्मा एवं सदस्यहरु गोपाल भट्टराई, गोमादेवी तिमल्सिना, गोपालकुमार बस्नेत, नरबहादुर विष्ट, पदमबहादुर परियार, बलदेव बोहरा, मदनकुमारी शाह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसीसहितको प्रतिनिधिमण्डलले स्थलगत अनुगमन गरेको हो ।

सो अवसरमा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिलाई प्राप्त बजेट अपुग भएकाले बजेट वृद्धिका पक्षमा आवश्यक पहल गरिदिन संसदीय प्रतिनिधिमण्डलसँग अनुरोध गरे । मौजुदा जनशक्तिको अभावले अपेक्षा गरेअनुसार कामकाज गर्न नसकेको उल्लेख गर्दै उनले समितिमा थप दरबन्दी व्यवस्थाका लागिसमेत अनुरोध गरे ।

समितिका सभापति शर्माले वैद्यखाना विकास समितिको अनुगमनका क्रममा धेरै विषयवस्तु जानकारी प्राप्त भएको बताउँदै थप छलफल तथा अध्ययन गरी समस्या र समाधानको उपायसहितको सुझाव प्रतिवेदन सङ्घीय संसद् र नेपाल सरकारसमक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०८१ साउन १६ बुधवार १५:५३ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...