back
CTIZAN AD

अब निःशुल्क रगत पाउने

वि.सं.२०८१ साउन १६ बुधवार

1.1K 

shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए । चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ ।

नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर धनगढीमा बिरामीका लागि रगतको अभाव खड्किँँदै गएको थियो । उपमहानगर र रेडक्रस शाखा धनगढीबीच गरिएको उक्त सम्झौताले समय–सयममा हुने गरेको रगत अभाव जस्तो समस्याको समाधानमा मद्दत पुर्याउने छ ।

वि.सं.२०८१ साउन १६ बुधवार १६:०० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...