back
CTIZAN AD

प्रधानमन्त्री ओलीले सरकारी निवासमा पार्टीको बैठक नराख्ने

वि.सं.२०८१ साउन १७ बिहीवार

1K 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

एमाले सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ । सिंहदरबार नजिकै हनुमानस्थानस्थित होटेल बसेरामा एमालेले आजको सचिवालय बैठक बोलाएको छ ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बैठकअघि सरकारी निवासमा पार्टीको बैठक नबस्ने घोषणा गरेका हुन् ।

उनले आफ्नो फेसबुक अकाउन्टमा यस्तो लेखेका छन् : ‘सामाजिक सञ्जालमार्फत् तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ। यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’

वि.सं.२०८१ साउन १७ बिहीवार ०८:५९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...