काठमाडौँ । शुक्रबार रेकर्ड ब्रेक गरेका सुनको मूल्यामा आज सामान्य घटेको छ । आज सुनको मूल्य २ सयले घटेको छ भने चाँदकिो मूल्य भने १० रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ भने शुक्रबारको तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज तोलमा १० रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ७ सय ८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०८१ साउन २० आइतवार ११:५३ मा प्रकाशित






























