back
CTIZAN AD

चिकित्सकको विशेष परीक्षामा अहिलेसम्मकै बढी उत्तीर्ण

वि.सं.२०८१ साउन २० आइतवार

810 

shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।

काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवत अहिलेसम्मकै बढी हो ।
काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल नौ सय ७० जनाले फारम भरे पनि नौ सय ६६ जना सहभागी थिए । ती मध्ये आठ सय ७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएकोछ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।

वि.सं.२०८१ साउन २० आइतवार १४:०१ मा प्रकाशित