back
CTIZAN AD

 एमाले–कांग्रेस गठबन्धन र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा

वि.सं.२०७४ जेठ ३ बुधवार

954 

shares

 

३ जेठ, सल्यान । एमाले–कांग्रेसले गठबन्धन गरेर माओवादी केन्द्रसँग भिडेको सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा कडा प्रतिस्पर्धा देखिएको छ ।

एमाले–कांग्रेस गठबन्धनका तर्फबाट एमाले जिल्ला अध्यक्ष गोविन्द पुन नगरपालिकाको प्रमुखका लागि मैदानमा उत्रिएका छन् भने माओवादी केन्द्रका तर्फबाट पनि पोलिटव्यूरो सदस्य तथा जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी मैदानमा उत्रिएका छन् ।

उपप्रमुखमा एमाले–कांग्रेस गठबन्धनको तर्फबाट कांग्रेसका दिपेन्द्र विष्ट र माओवादी केन्द्रका तर्फबाट मञ्जु यरी मैदानमा उत्रिएका छन् ।

एमाले नेता तथा सांसद प्रकाश ज्वाला, नेता गुलाबजंग शाहलगायतको गृह क्षेत्र रहकाले पनि बनगाड कुपिन्डे नगरपालिका ‘इज्जतको सवाल’ बनाएर एमाले नेताहरुकै विशेष पहलमा कांग्रेससँग मिलेर चुनाव लडिएको एमाले नेताहरु नै बताउँछन् ।

उसो त माओवादी केन्द्रले पनि जिल्ला संयोजक नै लडेको र ठूला दुई पार्टीको गठबन्धन तोड्न सके ‘ऐतिहासिक जीत हुने’ विश्लेषण गरिरहेको छ ।

कुल मतदाता १६ हजार ३ सय १५ रहेको बनगाड कुपिन्डे नगरपालिकामा १२ हजार १ सय ७ मत खसेको थियो । अहिलेसम्म वडा नं. १, १० र १२ मा एमाले–कांग्रेस गठबन्धनको वडा अध्यक्षसहित प्यानल नै विजयी भएको छ भने वडा नं. २, ३ र ११ मा वडा अध्यक्षसहित माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

मतगणना केन्द्रमा रहनुभएका पत्रकार इन्द्रबहादुर बुढाथोकीका अनुसार अहिले वडा नं. ४ को मतगणना जारी रहेको छ भने वडा नं. ५, ६, ७, ८ र ९ मतगणना गर्न बाँकी रहेको छ ।

वि.सं.२०७४ जेठ ३ बुधवार ०८:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...