back
CTIZAN AD

पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत

वि.सं.२०८१ साउन २१ सोमवार

801 

shares

नयाँदिल्ली । पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।
सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।

विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्ने छ भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।

मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु-क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक)का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।

कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ ।
एएनआई

वि.सं.२०८१ साउन २१ सोमवार १३:५२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...