back
CTIZAN AD

बाँझो जग्गामा सिँचाइ सुविधा

वि.सं.२०८१ साउन २१ सोमवार

867 

shares

रसुवा । डिभिजन सिँचाइ कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।

हालसम्म निर्माण गरिएका योजनाबाट जिल्लाभर एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्राविधिक सिँचाइ कार्यालयका प्रमुख गोविन्दप्रसाद भूर्तेलले जानकारी दिए ।

बाँझो रहेका खेतीयोग्य जमिनमा सिँचाइ सेवा उपलब्ध गराई कृषि उत्पादन बढाउने सङ्घ तथा प्रदेश सरकारको नीति अनुरूप विभिन्न सिँचाइ योजना निर्माण गरिएका हुन् ।

विसं २०७२को भूकम्पले क्षति पु¥याएका योजनालाई मर्मतसम्भार गर्नुका साथै नयाँ योजनालाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिएको प्रमुख भूर्तेलले बताए । गत आर्थिक वर्षमा सिँचाइ योजनामा रू १३ करोड ९० लाख खर्च भएको उनले बताए । निर्माण गरिएका सिँचाइ योजनाबाट एक हजारभन्दा बढी किसानले सुविधा पाएका छन् ।

यस्तै जिल्लामा २४ स्थानमा नदी नियन्त्रण तथा रोकथाम गर्न तटवन्ध निर्माण गरिएको छ । सिँचाइ कार्यालयले उत्तरी रसुवाको कोमिन श्यामेवाङ्फेल माविमा सोलारसमेत जडान गरेको छ । बिजुली नभएको समयमा सोलार बत्ती प्रयोग गरेर पठनपाठन गर्न सकियोस भनेर सोलार बत्ती जडान गरिएको हो ।

कालिका गाउँपालिका–५मा थोपा सिँचाइ योजनाबाट स्थानीय ५८ परिवार लाभान्वित भएका प्रमुख भूर्तेलले बताए । खेर गएको पानी सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरेर ६० रोपनीभन्दा बढी जग्गामा सिँचाइ गरिएको भदौरे नमूना सिँचाइ व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष तारा पौडेलले जानकारी दिए । भदौरे थोपा सिँचाइ योजना देशकै नमूना भएको उनको भनाइ छ ।

यसैगरी धोबीखोलादेखि पाईप सिँचाइ योजनाबाट धैबुङकोट, ढकाल डाडा, कटुञ्जेसमेतका क्षेत्रमा सिँचाइ सेवा पुर्याइएको छ । त्यसबाट सयौँ परिवार लाभान्वित भएका स्थानीय बासिन्दाले बताएका छन् ।
रासस/फाइल फोटो

 

वि.सं.२०८१ साउन २१ सोमवार १४:०९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...