back
CTIZAN AD

चियाखेती गर्दै ऋषिङ गाउँपालिका

वि.सं.२०८१ साउन २२ मंगलवार

1.1K 

shares

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ । गाउँपालिकाले पहिलो पटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ ।

तीन दिनदेखि बिरुवा रोप्नका लागि खाडल खन्ने कार्य तीव्ररुपमा भइरहेको गाउँपालिकाले जनाएको छ । समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा यस स्थानमा चियाखेती गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

उक्त स्थानमा चिया बगान बनाएर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको प्रवक्ता दरैले बताए । उनका अनुसार एक हजार खाडल खन्नुपर्नेमध्ये तीन दिनको अवधिमा ५० प्रतिशत बढी खाडल खन्ने कार्य सम्पन्न भएको छ ।

उनले भने, “चियाखेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ ।” उनका अनुसार अहिले परीक्षणका रुपमा लगाउन लागिएको हो । “इलामबाट चियाका बिरुवा मगाइएको छ । प्रति बिरुवा रु दश पर्ने भए पनि लामो दूरीबाट ल्याउनुपर्ने भएकाले ढुवानीमा कठिनाइ भएको छ”, उनले भने, “बिरुवा ल्याएको तीन दिनभित्र लगाइसक्नुपर्ने भएकाले त्यसका लागि अग्रिम खाडल खन्ने कार्य भरहेको छ ” ।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब रु दुई लाख खर्च हुने अनुमान गरिएको छ । “इलामबाट एक/दुई दिनमा बिरुवा आइपुग्छ होला अनि धमाधम बिरुवा रोप्ने काम सुरु गरिनेछ”, उनले भने ।

एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने उनले बताए । उनले भने, “गाउँपालिकाले थालेको यस अभियानमा कतिपय स्थानीय मानिस स्वतस्र्फूत श्रमदानमा खटिएका छन् ।” स्थानीयको सक्रियताले गाउँपालिकालाई थप ऊर्जा मिलेको छ ।

पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस स्थानमा घरबास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

रासस /फाइल फाेटाे

वि.सं.२०८१ साउन २२ मंगलवार १४:३१ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...