back
CTIZAN AD

पत्रपत्रिका वर्गीकरणको नतिजाप्रति प्रेस सेन्टरको विरोध

वि.सं.२०८१ साउन २२ मंगलवार

894 

shares

काठमाडौँ । प्रेस सेन्टर नेपालले हालै प्रेस काउन्सिलद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिकाको वर्गीकरण नतिजाको विरोध गरेको छ ।

सङ्गठनका तर्फबाट सोमबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले सार्वजनिक गरेको नतिजा पूर्वाग्रही र तथ्यहीन रहेको जनाएको छ ।

सङ्गठनका केन्द्रीय महासचिव सन्तोष पौडेलको हस्ताक्षर रहेको विज्ञप्तिमा पत्रपत्रिका वर्गीकरण\मूल्याङ्कनको प्रारम्भिक नतिजाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसले स्वतन्त्र र नियमनकारी निकाय प्रेस काउन्सिलको गरिमा र ओज घटाएको मात्रै छैन, यसप्रतिको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ भनिएको छ ।

विज्ञप्तिमा विगतमा क र ख लगायत माथिल्ला वर्गमा परेका र निरन्तर सोही मापदण्ड अनुसार प्रकाशित जनपक्षीय पत्रिकाहरूलाई छानी छानी तल्लो वर्गमा झार्ने काम भएको आरोप लगाउँदै त्यसका तथ्यहरू देशभरबाट आइरहेको बताइएको छ ।

काउन्सिलले साउन १८ गते वर्गीकरणको प्रारम्भिक नतिजा प्रकाशित गरेको थियो । प्रेस सेन्टरले वर्गीकरणको नतिजा पुनरावलोकन गर्न र न्यायोचित र तथ्यसंगत अन्तिम नतिजा प्रकाशन गर्न माग पनि गरेको छ । विगतमा पनि वर्गीकरण र पुरस्कार वितरणमा यस्तै हर्कत गरेको उल्लेख गर्दै तत्काल हर्कत नसच्चाएमा सेन्टर कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।

वि.सं.२०८१ साउन २२ मंगलवार १७:०७ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...