back
CTIZAN AD

महादेव मन्दिरमा दर्शनका लागि पुगेका दुई दर्शनार्थी मृत फेला

वि.सं.२०८१ साउन २२ मंगलवार

1.3K 

shares

वीरगञ्ज (पर्सा) । पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दशनार्थी मृत अवस्थामा भेट्टिएका छन् ।

पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दशनार्थीलाई जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको जानकारी दिए ।

मनहरी गाउँपालिका वडा नं ५ दिलीपुरका वर्ष ४० का रामबहादुर मुक्तान र सोही जिल्लाका राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी मृत अवस्थामा भेटिएका हुन् ।

“निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको छ”, उनले भने, “फिल्डमा खटिएका उद्धार टोलीसँग टेलिफोन सम्पर्क हुन नसकेकाले पनि विस्तृत विवरण आइसकेको छैन ।” फेला परेका शवलाई आवश्यक मुचुल्का बनाएर नारायणी अस्पतालमा शव परीक्षणका लागि ल्याउने कार्य भइरहेको उनले जानकारी दिए ।

इलाका प्रहरी ठोरी, निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका लगायतका टोलीले खोजीकार्य गरेको थियो । दुई जना हराएको कुरा सोमबार मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्रपर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा साउन महिनाभरि भारतीय र स्वदेशी दशनार्थीको घुुइँचो लाग्ने गर्छ ।

वि.सं.२०८१ साउन २२ मंगलवार २०:५१ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...