back
CTIZAN AD

बिमस्टेक सिसिआई गठन गर्नुपर्छ : भवानी राणा 

वि.सं.२०८१ साउन २५ शुक्रवार

978 

shares

नयाँ दिल्ली । नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र नीति वकालतको लागि बिमस्टेक सिसिआई गठन गर्नुपर्ने बताएकी छन् ।

भारतको नयाँ दिल्लीमा बुधवार आयोजित बिमस्टेक बिजनेस समिट २०२४ मा आर्थिक सशक्तीकरणको समावेशी सम्बन्धमा विषयक छलफलमा बोल्दै पूर्व अध्यक्ष राणाले यस्तो बताएकी हुन । उनले निरन्तर आर्थिक गतिविधिमा समावेशीकरणमा उब्जिएका नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रले महिलाको वित्तमा पहुँच, सीप विकास तालिम र शिक्षा, मार्गदर्शन अवसर, सहजीकरण गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

राणाले सीसीआईले नेपाल र अन्य सदस्य राष्ट्रका महिला उद्यमीहरूलाई उनीहरूको व्यावसायिक सीप अभिवृद्धि, बजार बुझ्न कार्यशाला, सेमिनार र तालिमको व्यवस्था गरिनुपर्ने उल्लेख गरिन् । पूर्व अध्यक्षसमेत रहेकी राणाले आर्थिक समावेशीकरणका धेरै फाइदाहरू रहेको भन्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील र कार्यस्थललाई थप नवीन बनाउनुपर्ने धारणा राखिन । उनले लैङ्गिक समानता कायम राख्दा अर्को वर्षको अन्त्यसम्ममा विश्वको आर्थिक वृद्धिमा १२ ट्रिलियन अमेरिकी डलर थपिने बताइन ।

उनले सरकार र निजी क्षेत्रका व्यवसायीक निकायहरूलाई महिलाको आर्थिक सहभागितामा रहेका अवरोधहरू हटाउन पहल गर्न सबैलाई आह्वान्समेत गरिन । राणाले बिमस्टेक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीमा महत्त्वपूर्ण भूमिका खेल्ने नेपाली उद्यमीहरूलाई सम्बोधन गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको बताइन् ।

बिमस्टेकमा बिमस्टेक सिसिआई गठनले व्यापार र लगानी अवसर वृद्धि गर्न काम गर्नु पर्नेमा राणाको विशेष जोड छ । उनले बिमस्टेक सीसीआईले आयोजना गर्ने व्यापार मेला, व्यापार मञ्च र लगानी सम्मेलनमा सहभागी भएर नेपाली उद्यमीहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्न, विदेशी लगानी आकर्षित गर्न र नयाँ बजार खोज्न सकिने पनि उल्लेख गरेकी छन् ।

राणाले नेपाली महिला उद्यमीहरूको संलग्नता विशेष गरी उल्लेखनीय रहेको बताउँदै बिमस्टेकले उनीहरूलाई एकताबद्ध गर्न, उत्कृष्ट प्रशिक्षार्थीहरूको अनुभव आदान प्रदान गर्न, र व्यवसायमा महिलाहरूका लागि उपयुक्त स्रोत तथा प्रशिक्षण कार्यक्रमहरूमा पहुँच पुर्‍याउने प्लेटफर्म निर्माण गर्ने बताइन ।

बिमस्टेक सिसिआईमा नेपाली उद्यमीहरूको सक्रिय सहभागिताले क्षेत्रीय आर्थिक एकीकरणलाई बढवा दिन, व्यापार अवसरहरू बढाउन र नेपाल र बृहत्तर बिमस्टेक क्षेत्रको दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्ने उनको भनाइ छ ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १४:२१ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...