back
CTIZAN AD

कल्भर्ट नबन्दा आवागमनमा समस्या

वि.सं.२०८१ साउन २५ शुक्रवार

993 

shares

राजविराज (सप्तरी) । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ ।

गत असार दोस्रो साता वर्षासँगै आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुलको कल्भर्ट भत्काएर बगाएको थियो ।

सो ठाउँमा अहिलेसम्म पुनः निर्माण नहुँदा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । हुलाकी सडकअन्तर्गत पर्ने राजविराज–कञ्चनपुर खण्डमा दैनिक सयौँ सवारीसाधन सञ्चालन हुन्छन् ।

कल्भर्ट पुनः निर्माण नहुँदा सवारीसाधनका साथै पैदल यात्रीलाईसमेत समस्या भइरहेको तिरहुत–२ का अशोक यादवले बताए । उनले भने, “सदरमुकाम राजविराजबाट करिब १३ किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने उक्त खण्डमा पुलमा बाढीले क्षति पु¥याएको थियो भने कल्भर्ट बगाउँदा आवागमनमा सास्ती भइरहेको छ ।” राजविराज र कञ्चनपुर कुनै काम विषेशले जानुपरेमा सवारीसाधन आउजाउ गर्न समस्या हुने गरेको उनले गुनासो गरे ।

कल्भर्ट भत्किएको ठाउँभन्दा तलो भागमा माटो भरेर हलुका सवारीसाधन सञ्चालन गर्न अस्थायी मार्ग बनाइएको भन्दै सामान्य वर्षामा पनि उक्त बाटोबाट मोटरसाईकल, साईकल र चार पाङ्ग्रे सवारी आवागमनमा समस्या भइरहेको स्थानीय विजय महत्मानले बताए ।

मोहुली खोला तथा चन्द्र नहरमा आएको बाढीले क्षति गरेको कल्भर्ट पुनःनिर्माण गरी आवागमन सहज बनाउनेतर्फ सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको सवारी चालक सन्तोष यादवले बताए । सवारीसाधन सञ्चालन हुन नसकेपछि आम्दानी नभएको भन्दै जीविकोपार्जनमासमेत सास्ती हुन थालेको उनले उल्लेख गरे ।

असार र साउनमा ठूलो वर्षाका कारण मोहुली खोलामा आएको बाढीले कोशी पम्प चन्द्र नहर सिँचाइ योजनाको निर्माणाधीन संरचना तथा उपकरणसमेत क्षति पु¥याएको तिरहुत–२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले जानकारी दिए । उनका अनुसार बाढीले करिब पाँच सय बिघा जमिनमा क्षति पु¥याएको छ ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १४:३४ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...