back
CTIZAN AD

मिथिलामा आज लगपाँचे पर्व मनाइँदै

वि.सं.२०८१ साउन २५ शुक्रवार

696 

shares

जलेश्वर (महोत्तरी) । सम्पूर्ण मिथिला क्षेत्रमा आज लगपाँचे पर्व मनाइँदै छ । मिथिला क्षेत्रका महोत्तरी, महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा पर्सासहित भारतको मधुबनी, दरभङ्गा, सीतामढी, मुजफ्फरपुर र पटनाका गाउँबस्तीमा आज लगपाँचे पर्व मनाउने गरिन्छ ।

मिथिलाका गाउँटोलको प्रत्येक घरमा आज विषहरा बाबा (नाग देवता)को विशेष पूजाअर्चना हुने गर्दछ । यो पर्वलाई विषहरा महारानी पनि भन्ने प्रचलन छ ।

मिथिलानीले आज बिहानै आ–आफ्ना घर, आँगन गाईको गोबरले लिपपोत गरी सफा बनाएका छन् । यहाँका महिलाले प्रत्येक घरमा माटोको चुल्होमा पाकेको धानलाई माटोको भाँडोमा भुटेर लावा तयार गराई लावा, गाईको दूध, सिन्दुर, अक्षता, आँपको अचारसहित पूजा सामग्रीले नाग देवताको पूजा गरी यो पर्व मनाइरहेका जलेश्वर–८ का पण्डित उपेन्द्र पाठकले जानकारी दिए ।

मिथिलानीले गाउँको वन वा भिरालो जमिन नजिक सर्पको दुलो खोजी सोही स्थानमा केराको पातमा आँपको अचार, लावा, दुध, सिन्दुर र अक्षतालगायत पूजा सामग्री चढाएर नाग देवतालाई भोग (खान) का लागि आह्वान गर्ने परम्परा रहेको उनले बताए ।

नाग देवता वा सर्पलाई पूजा सामग्री ग्रहणका लागि आह्वान गर्दै ‘हे विषहरा बाबा, हे विषहरा महारानी, मैले तपाईंको पूजा गर्दै खानाका सम्पूर्ण वस्तु चढाएको छु । तपाईंले मेरो कुल परिवारका कसैलाई कहिले कुनै दुःख नदिनु, सधैँ सबैको रक्षा गर्नुहोला’ भनी आराधना गर्ने प्रचलन रहेको पण्डित पाठकले जानकारी दिए ।

“मिथिलानीले सबैभन्दा पहिला आँपको अचार चढाउँछन् । यसको अर्थ सर्पले परिवारका कुनै पनि सदस्यलाई टोक्न आउँदा सर्पको दाँत अमिलो भएर टोक्न नपाओस् भन्ने हो । त्यसपछि सर्पको पेट भर्न लावा, दूध, अक्षता र श्रृङ्गारका लागि सिन्दुर चढाउँछन्”, उनले भने ।

आजको राति मिथिलाको प्रत्येक घरका कोठामा धानको लावा छर्किएर सुत्ने प्रचलन रहेको जलेश्वर–६ का सीतादेवी मिश्रले बताईन् । “भोलि बिहान उठेर हेर्दा लावा हराउने विश्वास लिइन्छ”, उनले भनिन, “राति छर्किएको लावा रात परेपछि विषहरा बाबा÷विषहरा महारानी तथानाग देवी÷देवताले आएर खाइदिने गरेको जनविश्वास छ ।”

लगपाँचे पर्वपछि मिथिलामा आजैदेखि वर्षभरिका पर्व सुरु हुने गर्दछन् । ‘भेल लगपाँचे, लागल सब पवनी नाचे’ अर्थात् लगपाँचे भए लगत्तै अब मिथिलामा सबै पर्व सुरु हुन्छन् भनी यो पर्व मनाउने गरिएको मिश्रले जानकारी दिईन् । “लगपाँचेका दिन मिथिलाको कुनै पनि घरमा रोटी पाक्दैनन् भने कसैले दूध पनि खाँदैनन् । आजका दिन विषहरा बाबा÷महारानीले मात्रै दूध खाने जनविश्वास छ”, उनले भनिन ।

लगपाँचे पर्वले सर्पबाट हुने हानीबाट परिवारका सदस्यलाई जोगाउने साथै यसको समापनपछि मिथिलामा अन्य पर्व सुरुवात हुने भएकाले यसलाई धुमधामका साथ मनाउने गरिन्छ । यहाँका कतिपय गाउँमा विषहरा बाबा÷महारानीको मन्दिर स्थापना गरिएको छ । मन्दिर भएका स्थानमा विशेष पूजासहित बली चढाउने चलन रहेको छ ।

वि.सं.२०८१ साउन २५ शुक्रवार १५:०५ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...