back
CTIZAN AD

मिर्गौला पीडित जमुना थापालाई १५ लाख सहयोग

वि.सं.२०८१ साउन २७ आइतवार

2.2K 

shares

वालिङ ९स्याङ्जा० । स्याङ्जाकी एक मिर्गौला पीडित महिलालाई रु १५ लाख रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ छाप घर भइ हाल गल्याङ बजारमा बस्दै आउनुभएकी जमुना थापाको उपचारका लागि नेपाल मगर सङ्घ गल्याङ नगर समितिले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचाररत थापाको जीवन रक्षाका लागि नेपाल मगर सङ्घ गल्याङले ‘जमुना बचाऔँ’ अभियानमार्फत देश तथा विदेशबाट रकम सङ्कलन गरिएको नेपाल मगर सङ्घ गल्याङका अध्यक्ष कुमार रानाले जानकारी दिए ।

“दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा पाएपछि उपचारकाका लागि आर्थिक अभाव भएकाले सङ्घमार्फत सहयोग जुटाउने अभियान चलाएका हौँ”, उनले भने, “सङ्घले थालेको अभियानमा देश तथा विदेशका विभिन्न ठाउँबाट सहयोग जुटेको छ ।” सङ्कलन भएको रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।

अहिले पनि रकम सङ्कलन हुने क्रम जारी छ । गत जेठ १७ गतेदेखि रकम सङ्कलन अभियान थालिएको हो । मिर्गौला पीडित जमुनाको उपचार पोखरामा भइरहेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताइएको छ ।

 

वि.सं.२०८१ साउन २७ आइतवार १४:१९ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...