back
CTIZAN AD

समितिद्वारा प्रस्तावित १७ राजदूतको सुनुवाइ प्रक्रिया सुरु

वि.सं.२०८१ साउन २९ मंगलवार

708 

shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा शैल रुपाखेती (जर्मनी), जङ्गबहादुर चौहान (रुसी महासङ्घ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा नेत्रप्रसाद तिमिल्सिना (मलेसिया) र प्रकाशमणि पोखरेललाई (पोर्चुगल) लाई सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

 

वि.सं.२०८१ साउन २९ मंगलवार १३:५९ मा प्रकाशित

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

भोटेकोसी बाढीमा हराइरहेका आफन्तको शव पहिचान गर्न डीएनए नमुना दिन प्रहरीको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण आफन्तजन हराइरहेका...

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

रसुवा जाने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको कामलाइ तीव्रता

काठमाडौं । रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम...

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह, यी हुन् सञ्चालनमा आएका सडक

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित जिल्लाका मुख्य सडकहरू अझै पूर्ण...

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

बहराइनले नेपाललाई दियो ८८ रन

बहराइनले नेपाललाई दियो ८८ रन

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी...

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...