back
CTIZAN AD

बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय

वि.सं.२०८१ साउन ३० बुधवार

741 

shares

काठमाडौँ । भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो ।

पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका सात पुरुष र सिरहाका २१ पुरुष (२४ देखि ६० वर्ष उमेरका) का सम्बन्धमा भारतीय गैरसरकारी संस्था ‘किन इन्डिया’मार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा ‘किन इन्डिया’को प्राविधिक सहयोग र सहकार्यमा पीडितको उद्धार गरी जनकपुर ल्याइएको छ ।

मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी संरक्षण कार्यलाई सदैव उच्च प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ । यो घटनाको संवेदनशीतालाई दृष्टिगत गरी धनुषा ल्याइएका २८ जनालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको उपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत उनीहरुको परिवारसँग पुनर्मिलन गराइएको छ ।

वि.सं.२०८१ साउन ३० बुधवार १३:३२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...